के हो श्राद्ध ? के दिवंगत पितृको श्राद्ध गर्न अनिवार्य छ ? « Khabarhub

के हो श्राद्ध ? के दिवंगत पितृको श्राद्ध गर्न अनिवार्य छ ?


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ । कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ ।

भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ । हेमाद्रीको श्राद्धखण्डको भनाई अनुसार ब्राह्मण भोजन, पिण्डदान गराउनु श्राद्ध हो ।

श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ चाँही एउटै छ । त्यो हो, पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु ।

जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको जस्तै मृत्युपछि पितृ सम्झना गर्दै श्राद्धादि कार्य गर्नु हिन्दु संस्कारमा अनिवार्य मानिएको छ । वेदादि आफ्ना शाखाका शास्त्रहरूले बताएका विधिविधान अनुसार पितृहरूका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो ।

पितृहरूको स्मरण गर्दै पितृहरूका प्रतीक बनेर आफ्ना निमन्त्रणामा घर आएका ब्राह्मणलाई पितृलाई प्यारो लाग्ने वस्तु दान गर्नु वा प्रिय भोजन गराउनु पनि श्राद्ध नै हो ।

श्राद्धको निमित्त पवित्र इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ । पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूका निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दु धर्मले दिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : ५६ बजे

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ