स्रोत नखुलेको ९५ लाखसहित दुई भारतीय नागरिक नागढुंगाबाट पक्राउ « Khabarhub

स्रोत नखुलेको ९५ लाखसहित दुई भारतीय नागरिक नागढुंगाबाट पक्राउ


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई शुक्रबार स्रोत नखुलेको रकमसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।

पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँबाट १९ वर्षीय कूष्ण अढाडे छन्। मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको एसएसपी सिंहले जानबारी दिए।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। पक्राउ परेका दुबैलाई परिसरले हिरासतमा राखेर अनुसन्धान शुरू गरेको छ। पक्राउ परेकालाई आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको सिंहले बताए।

प्रहरीले ९ महिनायता काठमाडौँबाट साढै चार करोड बढी रकमसहित १७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १ : २६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी