मलाई सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भयोः प्रकाशमान सिंह (भिडियो) « Khabarhub

मलाई सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भयोः प्रकाशमान सिंह (भिडियो)


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवशेनका लागि आफुलाई पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौँ १७ नम्वर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफुले पार्टीका लागि धेरै योगदान गरेको भन्दै आफु पार्टी सभापतिको योग्य उम्मेद्वार भएको बताए ।

पार्टीका लागि केही नगर्नेहरु सभापतिको उम्मेद्वार हुनसक्ने तर काठमाडौँका सक्षम नेताले अवसर नपाउने अवस्था देखिएको उनाको भनाइ छ ।

राजनीति भनेको सेवाको क्षेत्र भएको भन्दै उनले देश र पार्टीलाई अघि बढाउन सक्षम नेताको खाँचो रहेको बताए । त्यो क्षमता आफूसँग रहेको पनि उनले दाबी गरे ।

कर छुटलगाएतका काममा सरकारमा बस्नेले फाइदा लिएको हल्ला चलेको भन्दै उनले प्रधानमन्त्रीले यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए ।

नेता सिंहले प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जनताबाट आउने प्रश्नलाई समाधान गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  २ : ५२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी