सबै जिल्लामा पाँचदलीय मोर्चा बन्छ: माधव नेपाल « Khabarhub

सबै जिल्लामा पाँचदलीय मोर्चा बन्छ: माधव नेपाल


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जिल्लामा पाँचदलीय गठबन्धन निर्माण गरिने बताएका छन् ।

आज हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए।

उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म बन्ने बताए । उनले भने, ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस। अरु सँगपनि सहकार्य गर्नुहोस। पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस्। केन्द्रदेखि तलसम्म जान्छौँ। समाज सेवामा अव्वल हुनुपर्‍यो। खुबी र चिन्ता भएका मान्छेहरुको खोजि गरिरहेका छौँ। घमण्ड नगर्नुहोला। ’

उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस्, उनले भने।’

उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए। नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’

उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। उनले भने, ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस।’

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ३ : २३ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।