पानीको स्रोत जोगाउन जुट्यो काठमाडौँ महानगर | Khabarhub Khabarhub

पानीको स्रोत जोगाउन जुट्यो काठमाडौँ महानगर


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकासेपानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरेका छन् ।

सोही क्रममा कामपाका प्रमुख शाक्यले ‘प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासेपानी सङ्कलन र जमिन पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको बताए ।

“अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट्यो। अब त्यो सतह बढाउने काम गर्नुपर्छ”, कामपा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने । उनले नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको बहाव बढ्ने विश्वास व्यक्त गरे ।

महानगरका वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्याङ्क फ्लस डाइभर्टरमा पठाइने बताइन् । जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहरसहितको पानी यसमा भरिन्छ । त्यसपछिको सफा पानी ट्याङ्की हुँदै एक हजार लिटरको फिल्टर युनिटमा पुग्छ । रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट्याङ्कीमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, चार मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ हजार ७६० लिटर क्षमताको ट्याङ्की बनाइनेछ ।

उक्त पुनःभरण प्रणालीका विषयमा जानकारी थप्दै उनले भनिन्, “ट्याङ्की भरिएर आएको पानीलाई ४८ इन्चको रिङमार्फत जमिनमुनि पठाइन्छ । यो रिङमा सानाठूला रोडा र बालुवाको तह बनाइएको हुन्छ ।” यो प्रणाली करिब रु ११ लाख २० हजारमा निर्माण हुन लागेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले वडा ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको उल्लेख गर्दै यसअघि कामपाले ०७६ साल फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनःभरण प्रणाली सुरु गरेको जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ४ : ३५ बजे

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको