एमालेमा कार्यकारी पदमा दुईपटकमात्र बस्न पाइने व्यवस्था गर्न सुझाब « Khabarhub

एमालेमा कार्यकारी पदमा दुईपटकमात्र बस्न पाइने व्यवस्था गर्न सुझाब


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेमा कार्यकारी पदमा दुई पटकमात्र बस्न पाइने व्यवस्था गर्न सुझाब दिइएको छ । शनिबार जारी एमालेको केन्द्रीय कमिटी बैठकमा सुझाब पेश गर्न बनाइएका १० वटै समूहले सझाब पेश गरेका छन् । उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

यस्तै पदाधिकारीको संख्या बढाउन पनि सुझाब दिइएको छ । उपाध्यक्ष र सचिबको संख्या ७–७ राख्न समूहबाट सुझाब आएको एक नेताले जानकारी दिए ।

केन्द्रीय कमिटीमा प्रस्तुत गरिएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि सुझाब पेश गर्न १० वटा समूह बनाइएको थियो । ती सबै समूहले ७ जना उपाध्यक्ष राख्न सुझाब दिएका हुन् ।

उपमहासचिब विष्णु पौडेलले पेश गरेको विधान मस्यौदामा ३ जना उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको थियो । समूहबाट प्राप्त सुझाब समेटेर तीनवटै प्रतिवेदनहरु शनिबारै पारित गर्ने तयारी छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ०९ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा