केम्पो खुकुरी मार्शलआर्ट्समा बागमती च्याम्पियन « Khabarhub

केम्पो खुकुरी मार्शलआर्ट्समा बागमती च्याम्पियन


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशले प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स च्याम्पियनसिपको उपाधि जितेको छ । ७ स्वर्णसहित बागमती समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल केन्पो खुकुरी मार्शलआर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्णसाथ सुदूरपश्चिम प्रदेश दोस्रो भयो । तेस्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण हात पार्‍यो । लुम्बिनी प्रदेश र प्रदेश २ ले समान १–१ स्वर्ण जिते ।

प्रतियोगिता अन्तर्गत फुल केन्पोको पुरुष ४५–४९ केजीमा प्रदेश २ का विशाल कुसुवार तथा ५०–५४ केजीमा बागमतीका हिमाल बलले स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सेमी केन्पोतर्फ महिला ५०–५४ केजीमा कर्णालीकी निरुता कोइराला तथा ५५–५९ केजीमा बागमतीकी शीतल बोहरा पहिलो भए ।

समूहगत काताको पुरुषमा सुदूरपश्चिम पहिलो, कर्णाली दोस्रो तथा लुम्बिनी र प्रदेश २ तेस्रो भए । सोही स्पर्धाको महिलामा बागमतीले स्वर्ण, लुम्बिनीले रजत तथा कर्णाली र प्रदेश २ ले कांस्य हात पारे ।

प्रतियोगिता सञ्चालका लागि मुख्य जज सन्जितकुमार राईको नेतृत्वमा जज सिद्धार्थ लामा, जज उद्धव थापा मगर, जज रमेश महर्जनलगायत १५ सदस्यीय प्राविधिक टोली परिचालन गरिएको थियो ।

विजेतालाई आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा प्रदेश १ बाहेक विभिन्न ६ प्रदेशका १ सय खेलाडीले २० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : १० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी