गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा विलम्ब नगर्न पूर्वमन्त्री पौडेलको आग्रह « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा विलम्ब नगर्न पूर्वमन्त्री पौडेलको आग्रह


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर– एमाले उपमहासचिब तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई पौडेलले आग्रह गरेका छन् ।

उद्योग व्यापार सङ्गठन रुपन्देहीको नवनिर्मित भवनको उद्घाटनका क्रममा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माणको काम अविलम्ब अघि बढाउन माग गरेका हुन् ।

उनले त्यसका लागि नेपाल सरकारले काउण्टर पार्ट फण्ड व्यहोर्ने गरी गरेको निर्णय रद्द नगर्न, एसियाली विकास बैंकसँग ऋण सम्झौता गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर सक्षम निर्माण कम्पनी छनोट गरी निर्माणकार्य अघि बढाउन माग गरे ।

उनले विकासका आयोजना रद्द गर्ने र बजेट कटौती गर्ने काम विकासविरोधी भएकाले त्यसो नगर्न नेपाल सरकारसँग आग्रह गर् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम रोकिएमा रुपन्देही जिल्लाको मात्र नभएर र लुम्बिनी प्रदेशका नागरिकको व्यापक विरोध हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

पूर्वअर्थमन्त्री पौडेलले अघिल्लो सरकारको कार्यकालमा यस विमानास्थल निर्माणको कामलाई उच्च प्राथमिकतामा राखिएको पनि बताए । उनले विकासका आयोजनामा विनियोजित बजेटमा गरिने कटौतीले आगामी दिनमा पनि गलत नजिर स्थापित गर्ने बताए । रासस

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : २० बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न