एमालेमा ७० वर्षे उमेर हद कायम रहने, पदाधिकारी बढाइने ! « Khabarhub

एमालेमा ७० वर्षे उमेर हद कायम रहने, पदाधिकारी बढाइने !


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम रहने भएको छ । यही असोज १५–१७ सम्म काठमाडौँमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको मस्यौदामाथि केन्द्रीय कमिटीमा भएको छलफलमा उमेर हद कायम राख्नुपर्ने सुझाब आएको छ । सो महाधिवेशनले उमेर हदबारे निर्णय नगरे यसअघिकै व्यवस्था अनुसार उमेर हद कायम रहने भएको हो ।

उमेर हदले हाल एमालेको शीर्ष तहमा रहेका धेरै नेतालाई पार्टीको ११ औँ महाधिवेशनपछि कार्यकारी पदमा रहन प्रतिबन्ध लगाउने छ । एमालेको विधानमा ७० वर्षमाथि उमेरका नेता कार्यकारी पदमा बस्न नपाइने व्यवस्था छ ।

उपमहासचिब विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि सुझवा दिएका १० वटै समूहका नेताहरुले उमेर हद कायम राख्ने सुझाब दिएको पार्टी सचिब तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । शनिबार शुरु भएको बैठक शनिबार सकिने भनिए पनि बैठकमा प्रस्तुत तीनवटा प्रस्तावमा १० वटै समूहबाट व्यापक परिवर्तनको सुझाब आएपछि आइतबार पनि बैठक बस्ने भएको छ ।

शनिबारको बैठकमा उमेर हद कायम राख्ने, पदाधिकारी बढाउने, कार्यकारी पदमा दुईपटकभन्दा धेरै बस्न नपाइने लगायतका सुझाब आएको भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रादेशिक संरचनामा देश भएकाले सोही अनुसार पदाधिकारी पनि राख्नुपर्छ भन्ने सुझाब आएको छ ।’

आइतबार अध्यक्ष केपी शर्मा ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिइने भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : ०१ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद