ला लिगा : बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा « Khabarhub

ला लिगा : बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले एकरएक गोल गरे । घरेलु टोली बार्सिलोनाको लागि सर्जियो अग्वुईरोले सान्त्वना गोल गरे । खेलको ३२ मिनेटमा अलावाले रियललाई अग्रता दिलाए । उनले काउण्टरमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो गोल ९० मिनेटपछि थपिएको ७ मिनेटमा सम्भव भएको थियो । काउण्टर बलमा लुकास भास्क्वेइजले गोल गरे । उनले सिक्स यार्ड बक्सबाट गोल गर्दै रियललाई २–० को अग्रता बनाए ।

बार्सिलोनाको लागि सर्जियो अग्वुइरोले सान्त्वना गोल गरे । सर्जियो डेस्टको पासमा सिक्स यार्ड बाक्सबाट सहज गोल गरे । जितसँगै रियल ९ खेलबाट २० अंक सहित शीर्षस्थानमा उक्लिएको छ ।

समान २० अंक भएपनि सेभिल्ला दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने ९ खेलबाट १५ अंकसहित आठौं स्थानमा यथावत छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : १२ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै