फुलकोर्ट बहिस्कारको निर्णय लिएका न्यायाधीशहरूको बैठक बस्दै « Khabarhub

फुलकोर्ट बहिस्कारको निर्णय लिएका न्यायाधीशहरूको बैठक बस्दै


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतको आजको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कारको निर्णय लिएका न्यायाधीशहरूको बैठक बस्दैछ ।

बैठक सोमबार बिहान ११ बजे बस्ने एक जना न्यायाधीशले जानकारी दिएका छन् । सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित २० न्यायाधीश रहे पनि एक जना मुलुक बाहिर र चार जना उपत्यका बाहिर छन् । १४ जना न्यायाधीशहरू छलफलमा जुट्न लागेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठेपछि न्यायाधीशहरूले फुल कोर्ट बहिस्कारको निर्णय गरेका थिए ।

आजको बैठकले भावि रणनीतिबारे थप निर्णय लिनेछ । प्रधानन्यायाधीश जबराले आइतबार न्यायाधीश र नेपाल वार एसोसियसनका पदाधिकारीसँग छलफल गरेर फुलकोर्ट डाकेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ५५ बजे

पाँचौँ वर्षमा अन्नपूर्ण केबलकार, निःशुल्क स्वास्थ्य शिविरसहित सञ्चालन

पोखरा– अन्नपूर्ण केबलकार लिमिटेड चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा

जलवायु वित्त परिचालनका लागि नयाँ कार्यविधि र विशेष संरचना तयार

काठमाडौं– अर्थ मन्त्रालयले जलवायु कोषबाट प्राप्त हुने वैदेशिक सहायतालाई सरल,

कांग्रेसको प्रतिज्ञा पत्र पारित, आज जनकपुरबाट सार्वजनिक हुँदै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि

सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह (तस्बिरहरू)

काठमाडौं– आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको

रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा

जनकपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट