मंसिर र पुसमा बाघ गणनाको तयारी « Khabarhub

मंसिर र पुसमा बाघ गणनाको तयारी


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गर्ने तयारी अगाडि बढाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गए पछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उनको भनाइ छ ।

उनले भने ‘पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ ।’ दुई-दुई ग्रिडअर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । कम्तिमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उनको भनाइ छ ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ बयस्क बाघ फेला परेका थिए । तत्कालीन समयमा चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षण विधि विश्वस्त छन् । नेपालमा हरेक चार-पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ११ : ०० बजे

पाँचौँ वर्षमा अन्नपूर्ण केबलकार, निःशुल्क स्वास्थ्य शिविरसहित सञ्चालन

पोखरा– अन्नपूर्ण केबलकार लिमिटेड चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा

जलवायु वित्त परिचालनका लागि नयाँ कार्यविधि र विशेष संरचना तयार

काठमाडौं– अर्थ मन्त्रालयले जलवायु कोषबाट प्राप्त हुने वैदेशिक सहायतालाई सरल,

कांग्रेसको प्रतिज्ञा पत्र पारित, आज जनकपुरबाट सार्वजनिक हुँदै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि

सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह (तस्बिरहरू)

काठमाडौं– आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको

रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा

जनकपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट