सेयर बजार : ८७ अंकको वृद्धि, ४ अर्ब ३० करोडको कारोबार « Khabarhub

सेयर बजार : ८७ अंकको वृद्धि, ४ अर्ब ३० करोडको कारोबार


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजारमा सुधारको संकेत देखिएको छ । लगातार ओरालो लाग्दै आएको सेयर कारोबार नेप्से साताको दोस्रो दिन सोमबार उच्च अंकले उकालो लागेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको छ ।

नेप्सेमा सोमबार २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबार भएको छ । यसबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सोमबार तीन दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत हाराहारी बढेको छ । बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य ठिक १० प्रतिशतले बढेको छ ।

यस्तै दिब्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, राधी विद्युत र युनिभर्सल पावरको सेयर मूल्य पनि ठिक १० प्रतिशतले बढेको छ ।

यस्तै युनियन हाइड्रो, हिमाल दोलखा हाइड्रो, शिभश्री हाइड्रो, लिबर्टी इनर्जी, अरुण भ्याली, बरुण, मल्टिपर्पोज फाइानान्स, युनाइटेड मोदी, आँखुखोला जलविद्युत र जोशी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ ।

युनिलिभर नेपाल, मेरो माइक्रोफाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ ।

समूहगत सूचकमा जीवन बीमा समूह सर्वाधिक ५३७ अंकले बढेको छ । निर्जीवन बीमा समूह ४६७ अंक, विकास बैंक ३०० अंक, जलविद्युत समूह २०० अंक र फाइनान्स समूह १७६ अंकले बढेको छ ।

सोमबार १६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रह्यो ।

बजार अस्वाभाविक वृद्धि गर्ने बैंकहरूको प्रयासमा राष्ट्र बैंकले सर्किट लगाएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ३ : ५९ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले