६७औं राष्ट्रिय फिल्म अवार्डमा मनोज, कंगना र धनुष उत्कृष्ट « Khabarhub

६७औं राष्ट्रिय फिल्म अवार्डमा मनोज, कंगना र धनुष उत्कृष्ट


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म र कलाकारलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा अभिनेता मनोज बाजपेयी, धनुष र कंगना रनावत सर्वोत्कृष्ट अभिनयका लागि सम्मानित भए ।

गत २१ मार्चमा राष्ट्रिय फिल्म अवार्डको घोषणा भएको थियो । जसमध्ये दिवंगत अभिनेता सुशान्तसिंह राजपुत अभिनित ‘छिछोरे’ ले सर्वोत्कृष्ट हिन्दी फिल्मको अवार्ड पायो । सो फिल्मका निर्देशक नितेश तिवारीलाई सम्मान गरिएको थियो ।

साउथ इन्डियन सुपरस्टार रजनीकान्तलाई ५१औ दादा साहेव फाल्के पुरस्कारबाट सम्मानित गरियो । रजनीकान्तलाई सम्मानित गर्दा कार्यक्रम स्थल, विज्ञान भवनमा उपस्थित सबैले उठेर ताली बजाएका थिए । कंगना रनावत ‘मर्णिकर्णिका’ र ‘पंगा’फिल्मका लागि सम्मानित भइन् । अवार्ड लिन उनी आमाबाबुको साथमा पुगेकी थिइन् ।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड मनोज बाजपेयीले पाए । उनले ‘भोस्ले’ फिल्मबाट अवार्ड जितेका हुन । त्यसैगरी, स्वाती पाण्डे निर्देशित ‘एलिफेन्ट टु रिमेम्बर’ ले सर्वोत्कृष्ट बायोग्राफिकल फिल्मको अवार्ड जित्यो ।

दक्षिण भारतीय अभिनेता विजय सेतुपतिले तमिल फिल्म ‘सुपर डिलक्स’ बाट सपोर्टिङ एक्टरको अवार्ड पाए भने दक्षिण भारतीय अभिनेत्री पल्लवी जोशीले ‘द ताशकन्द फाइल्स’ फिल्ममा गरेको अभिनयका लागि सपोर्टिङ एक्ट्रेसको अवार्ड पाइन् ।

जम्मा चार करोड भारुमा बनेको सो फिल्मले २० करोडभन्दा बढी व्यापार गरेको थियो । कार्यक्रममा सर्वश्रेष्ठ फिल्म फ्रेन्ड्ली स्टेटको रूपमा सिक्किमलाई सम्मान गरियो । कार्यक्रममा अन्य थुप्रै विधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ५ : ३० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग