६७औं राष्ट्रिय फिल्म अवार्डमा मनोज, कंगना र धनुष उत्कृष्ट « Khabarhub

६७औं राष्ट्रिय फिल्म अवार्डमा मनोज, कंगना र धनुष उत्कृष्ट


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म र कलाकारलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा अभिनेता मनोज बाजपेयी, धनुष र कंगना रनावत सर्वोत्कृष्ट अभिनयका लागि सम्मानित भए ।

गत २१ मार्चमा राष्ट्रिय फिल्म अवार्डको घोषणा भएको थियो । जसमध्ये दिवंगत अभिनेता सुशान्तसिंह राजपुत अभिनित ‘छिछोरे’ ले सर्वोत्कृष्ट हिन्दी फिल्मको अवार्ड पायो । सो फिल्मका निर्देशक नितेश तिवारीलाई सम्मान गरिएको थियो ।

साउथ इन्डियन सुपरस्टार रजनीकान्तलाई ५१औ दादा साहेव फाल्के पुरस्कारबाट सम्मानित गरियो । रजनीकान्तलाई सम्मानित गर्दा कार्यक्रम स्थल, विज्ञान भवनमा उपस्थित सबैले उठेर ताली बजाएका थिए । कंगना रनावत ‘मर्णिकर्णिका’ र ‘पंगा’फिल्मका लागि सम्मानित भइन् । अवार्ड लिन उनी आमाबाबुको साथमा पुगेकी थिइन् ।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड मनोज बाजपेयीले पाए । उनले ‘भोस्ले’ फिल्मबाट अवार्ड जितेका हुन । त्यसैगरी, स्वाती पाण्डे निर्देशित ‘एलिफेन्ट टु रिमेम्बर’ ले सर्वोत्कृष्ट बायोग्राफिकल फिल्मको अवार्ड जित्यो ।

दक्षिण भारतीय अभिनेता विजय सेतुपतिले तमिल फिल्म ‘सुपर डिलक्स’ बाट सपोर्टिङ एक्टरको अवार्ड पाए भने दक्षिण भारतीय अभिनेत्री पल्लवी जोशीले ‘द ताशकन्द फाइल्स’ फिल्ममा गरेको अभिनयका लागि सपोर्टिङ एक्ट्रेसको अवार्ड पाइन् ।

जम्मा चार करोड भारुमा बनेको सो फिल्मले २० करोडभन्दा बढी व्यापार गरेको थियो । कार्यक्रममा सर्वश्रेष्ठ फिल्म फ्रेन्ड्ली स्टेटको रूपमा सिक्किमलाई सम्मान गरियो । कार्यक्रममा अन्य थुप्रै विधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ५ : ३० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति