अंग्रेजी नयाँवर्ष छेकोमा ‘कठपुतली’ « Khabarhub

अंग्रेजी नयाँवर्ष छेकोमा ‘कठपुतली’


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना संक्रमण मत्थर भएसँगै केही सातायता नयाँ फिल्मको घोषणासँगै निर्माण भइसकेका फिल्मको रिलिज मिति सार्वजनकि गर्ने क्रम बढेको छ । यही क्रममा हरर फिल्म ‘कठपुतली’ले आगामी पुष १५ लाई रिलिज मिति बुक गराएको छ ।

अंग्रेजी नयाँवर्ष २०२२ को छेको पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । तमु ल्होसारको सार्वजनिक बिदा भएकाले फिल्म बिहीवारबाटै प्रदर्शनमा आउनेछ । सार्वजनिक विदामा फिल्म प्रदर्शन गर्न पाइने व्यवस्था छ । सम्पदा मल्लले लेखेको फिल्मका निर्देशक भीमसेन लामा हुन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ ।

पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा हुन् । फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको हो ।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’का सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत ‘बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ समेत जितेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १ : ४६ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०