सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने | Khabarhub Khabarhub

सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो ।

गोलाप्रथाबाट पेसी तोक्न राणा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।

नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।

यस्तै ‘हेर्दाहेर्दै’मा रहेका मुद्दालाई पनि सुनुवाइ गर्ने निर्णय भएको एक न्यायाधीशले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ३ : १५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग