छलफलका लागि प्रधानमन्त्रीले कानून व्यवसायीलाई बोलाए « Khabarhub

छलफलका लागि प्रधानमन्त्रीले कानून व्यवसायीलाई बोलाए


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीलाई छलफलका लागि बोलाएका छन् । नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई छलफलका लागि बोलाएका हुन् ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजेका लागि बालुवाटार बोलाइएको बताए । बारले राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदा कांग्रेसलाई बुझाउन पाएको छैन ।

कांग्रेस संसदीय दलका नेता (प्रधानमन्त्री देउवा), प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन । अब शुक्रबार ज्ञापनपत्र पनि बुझाउने गरी बार बालुवाटार जाने भएको हो । बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार जानेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : २७ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको