पिसाब पोल्छ ? यसको समाधान आफैँ गर्नुहोस् « Khabarhub

पिसाब पोल्छ ? यसको समाधान आफैँ गर्नुहोस्


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वका धेरैजसो मानिसहरू पिसाब पोल्ने रोगबाट पीडित छन् । पीडित रोगीहरूमध्ये केहीलाई ज्वरो आएको समयमा, पिसाब नलीमा पत्थरी भएमा पिसाब पोल्ने गर्छ भने धेरैजसो चर्को घाममा काम गर्दा, पानी कम पिउँदा, चिल्लो, पिरो, अमिलो, गरम मसलाको अत्यधिक प्रयोग गर्नाले यो समस्याबाट पीडित हुन्छन् । जसले गर्दा पिसाब तुरतुर आउने, पहेँलो पिसाब आउने, लिङ्ग वा योनी पोल्नुको साथै धेरैलाई ज्वरोसमेत आउने गर्दछ । त्यसैले यसको समयमै उपचार नगरे झनै गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

खान र गर्न नहुने कुराहरू : 

तारे भुटेका, बढी मसला र खुर्सानी भएका खानेकुराहरू, रक्सी, बियर, मरीच, अदुवा, दालचिनी, ल्वाङजस्ता गर्मी बढाउने चीजहरू खानुहुँदैन । बढी चिया र कफी पनि पिउनुहुँदैन ।

खान र गर्न हुने कुराहरू : 

दैनिक ५-६ लिटरसम्म पानी पिउने, ग्लुकोज मिस्री (कागतीको रस मिलाएर) पानी प्रशस्त पिउने, लौका, घिरौँलाको तरकारीको रस खाने ।

दिनदिनै धनियाँलाई पानीमा भिजाएर सुत्ने बेलामा पिउने, रसिला फलहरूको सेवन गर्नुका साथै दुई तीन चम्चा गहतलाई भिजाएर खाली पेटमा राम्ररी चपाएर खाने ।

२०-२५ मिनेटसम्म कम्मर, पेट, यौनाङ्ग र नितम्बलाई चिसो पानीमा डुबाउने । यसो गर्दा पनि ठिक नभए डाक्टरसँग सल्लाह लिई अन्य उपचार गर्ने ।

साभार : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : २४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक