खानका लागि बाँच्ने कि बाँच्नका लागि ? « Khabarhub

खानका लागि बाँच्ने कि बाँच्नका लागि ?


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाखौँमा एक होला, जो बाँच्नको लागि खाने गर्दछ । बाँकी सबै खानका लागि बाँचिरहेका छौँ तर भन्नलाई चाहिँ बाँच्नका लागि खाने हो भन्छौँ । हाम्रो भनाइ र गराइमा समानता छैन भन्ने प्रमाण हाम्रै वरिपरि च्याउसरी उम्रिएका हस्पिटल, नर्सिङ होम, हेल्थ क्लिनिक, आयुर्वेद केन्द्र तथा अन्य उपचार केन्द्रहरुले बक्ने काम गरिरहेका छन् ।

सृष्टिका हरेक जीवजन्तु तथा जनावरको आ–आफ्नो खानेपिउने अनुशासन हुन्छ । गजबको कुरा, मनुष्यबाहेक अन्य कुनै पनि जनावर एक पटक पेट भरी अघाएपछि हजम नभएसम्म कदापि अर्को आहार गर्दैनन् । सिंह र बाघजस्तो विशालकाय हिंस्रक पशु पनि सिकार गरी पेट भरेर सुतेको छ भने त्यस बखत मुखमा मृगहरिणले आएर टेक्यो भने पनि आँखासम्म खोल्न मन गर्दैन किन कि पेट खाली नभएसम्म अर्काे सिकार गर्ने प्रवृत्ति जनावरको हुँदैन । तर यो मान्छेको जात, पेटको क्षमता नहेरी स्वादे जीव्रो र लोभी मनको लालचमा सजिलै फँस्दछ ।

त्यसैले होला, बुद्धिमान उपमा पाएको मान्छेको पशुवत् प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै भनिएको छ- प्रकृतिले नमार्न भनी जन्माएको मान्छे, बिचरा ! आफ्नो हत्या आफै गर्दछ । आफ्नै पेटलाई चिहान बनाउँछ भने दाँत जिब्रोलाई त्यो चिहान खन्ने औजार । यसरी जुन रचनालाई प्रकृतिले सर्वश्रेष्ठ दर्जा दियो, त्यही मान्छे स्वादे जिब्रो र लोभी मनको वशमा परी हाम्रो शरीर अनुकूल, अस्वाभाविक भोजन गरी प्रकृतिबाट प्राप्त आयु पूर्णरुपमा उपभोगै नगरी समय आउनुअघि नै यो धरतीबाट बिदा लिन विवश हुन्छ ।

साभार  : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ३५ बजे

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य