खानका लागि बाँच्ने कि बाँच्नका लागि ? « Khabarhub

खानका लागि बाँच्ने कि बाँच्नका लागि ?


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाखौँमा एक होला, जो बाँच्नको लागि खाने गर्दछ । बाँकी सबै खानका लागि बाँचिरहेका छौँ तर भन्नलाई चाहिँ बाँच्नका लागि खाने हो भन्छौँ । हाम्रो भनाइ र गराइमा समानता छैन भन्ने प्रमाण हाम्रै वरिपरि च्याउसरी उम्रिएका हस्पिटल, नर्सिङ होम, हेल्थ क्लिनिक, आयुर्वेद केन्द्र तथा अन्य उपचार केन्द्रहरुले बक्ने काम गरिरहेका छन् ।

सृष्टिका हरेक जीवजन्तु तथा जनावरको आ–आफ्नो खानेपिउने अनुशासन हुन्छ । गजबको कुरा, मनुष्यबाहेक अन्य कुनै पनि जनावर एक पटक पेट भरी अघाएपछि हजम नभएसम्म कदापि अर्को आहार गर्दैनन् । सिंह र बाघजस्तो विशालकाय हिंस्रक पशु पनि सिकार गरी पेट भरेर सुतेको छ भने त्यस बखत मुखमा मृगहरिणले आएर टेक्यो भने पनि आँखासम्म खोल्न मन गर्दैन किन कि पेट खाली नभएसम्म अर्काे सिकार गर्ने प्रवृत्ति जनावरको हुँदैन । तर यो मान्छेको जात, पेटको क्षमता नहेरी स्वादे जीव्रो र लोभी मनको लालचमा सजिलै फँस्दछ ।

त्यसैले होला, बुद्धिमान उपमा पाएको मान्छेको पशुवत् प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै भनिएको छ- प्रकृतिले नमार्न भनी जन्माएको मान्छे, बिचरा ! आफ्नो हत्या आफै गर्दछ । आफ्नै पेटलाई चिहान बनाउँछ भने दाँत जिब्रोलाई त्यो चिहान खन्ने औजार । यसरी जुन रचनालाई प्रकृतिले सर्वश्रेष्ठ दर्जा दियो, त्यही मान्छे स्वादे जिब्रो र लोभी मनको वशमा परी हाम्रो शरीर अनुकूल, अस्वाभाविक भोजन गरी प्रकृतिबाट प्राप्त आयु पूर्णरुपमा उपभोगै नगरी समय आउनुअघि नै यो धरतीबाट बिदा लिन विवश हुन्छ ।

साभार  : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ३५ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र