हरेक शुक्रबार बेहुली बन्छिन् यी पाकिस्तानी महिला, कारण यस्तो « Khabarhub

हरेक शुक्रबार बेहुली बन्छिन् यी पाकिस्तानी महिला, कारण यस्तो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रहर र शौख मानिसमा हुने विचित्रको स्वभाव हो । केही मानिस शौख पुरा गर्ने चक्करमा कैयौँ आश्चर्यका काम गर्न पुग्छन् । त्यस्तै पाकिस्तानकी एक महिला आफ्नो शौख पुरा गर्न हरेक साता बेहुली बन्ने गरेकी छन् भन्दा पत्याउन गाह्रो होला तर सत्य हो ।

पाकिस्तानको पञ्जाब प्रान्त निवासी यी महिला विगत १६ वर्षदेखि हरेक शुक्रबार सोह्र श्रृंगार गरी बेहुली बन्ने गरेकी छन् । पाकिस्तानको लाहौरमा बस्ने हीरा जीशान ४४ वर्षकी भइन् । उनी हरेक साता श्रृंगार गरेर बेहुलीको पहिरन लगाउँछिन् । हात र खुट्टामा मेहन्दी, बेहुलीको पोसाक र गहना लगाएर उनी दिनभर सजिएर बस्छिन् ।

हीराका अनुसार १६ वर्ष पहिले उनकी आमा गम्भीर बिमारी भइन् । जसका कारण उनकी आमालाई अस्पताल भर्ना गर्नु परेको थियो । आमा गम्भीर भएपछि मर्नुअघि छोरीको बिहे हेर्ने इच्छा जाहेर गरिन् । आमाले आफूलाई रगत दिने व्यक्तिसँग विवाह गर्न छोरीलाई भनेकी थिइन् । हिराले यसलाई स्विकार्दै विवाह गर्न तयार भएको बताइन् ।

बेहुलीको पहिरन नलगाई अस्पतालमा हिराको साधारण विवाह भयो । हिराको बिदाइसमेत रिक्सामा भएको थियो । जीवनको महत्त्वपूर्ण दिन बेहुली बन्दा पनि पहिरन लगाउन नपाउँदा हिरा निराश बनेकी थिइन् ।

हीराका अनुसार उनको विवाहको केही दिनमा नै आमाको मृत्यु भयो । विवाहपछि हिराको ६ सन्तान भए तर दुई सन्तानको मृत्यु भयो । जसका कारण उनी डिप्रेसनमा गइन् । सोही डिप्रेसनबाट बाहिर आउन उनी प्रत्येक शुक्रवार बेहुली बनेर सजिने गरेको बताउँछिन् ।

हीराका पति बेलायतमा बस्छन् । हिरा भने आफ्नो सन्तानका साथमा पाकिस्तानमा बस्दै आएकी छन् । पतिसँगको दुरीको पीडा भुलाउन पनि हिरा हरेक शुक्रवार बेहुली बनेको बताउँछिन् । यसो गर्दा खुसी मिल्ने र एक्लोपन महसुस नहुने उनको दाब‍ा छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : ३१ बजे

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार