एएफसी कपमा छनोट हुन मनाङ र मछिन्द्र भिड्दै « Khabarhub

एएफसी कपमा छनोट हुन मनाङ र मछिन्द्र भिड्दै


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अघिल्ला सिजनमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता टोली सीधै एएफसीको प्रतियोगितामा छनोट हुने परम्परा थियो । तर. यस पटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौँ चरणमा शीर्ष स्थानमा रहँदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ ।

हाल नेपालमा मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी लाइसेन्स रहेको छ ।

विभागीय टोली आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन् । अब एएफसी कपमा छनोट हुन मछिन्द्र र मनाङबीच महाभिडन्त हुँदैछ। अन्य १० टोली शीर्ष स्थानमा भए पनि लाइसेन्स नहुँदा लिग च्याम्पियन हैसियतमा एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउदैनन् ।

जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ । तथ्यांक बताउँछ मनाङलाई शनिबार हुने खेलमा त्यति दबाब हुने छैन‍।

दशरथ रंगशालामा दुई खेल हुनेछ । साँझ हुने पौने ५ बजेको दोस्रो खेलमा भिड्दैछन मनाङ र मछिन्द्र । दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ ।

आजको जितले मनाङ शीर्षस्थानमा रहदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जिते सातौ चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ ।

आजै दिउँसो १ बजे हुने खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल ५ खेलमा ४ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ५० बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र