अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी « Khabarhub

अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल गर्ने तयारी छ ।

आज प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले सुझाव दिनेछन्। त्यसपछि ती सुझाव समेटेर अध्यक्षले प्रतिवेदनलाई अन्तिम रुप दिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

राष्ट्रिय सम्मेलनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा दुई दिनसम्म समूहगत छलफल हुने भएको हो ।

१ हजार ६ सय ८ पुग्ने प्रतिनिधि  

सम्मेलनमा आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, विभिन्न आयोग, विभाग तथा प्रदेशबाट गरी १ हजार ६ सय ८ जना प्रतिनिधि सहभागी हुनेछन् ।

राष्ट्रिय सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ। नियमित प्रक्रियाबाट आएका एक हजार ४८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्षले गर्ने बताइएको छ।

यसअघि सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि हुने भनेको भए पनि शुक्रबार बसेको बैठकले त्यो संख्या बढाएर एक हजार ६०८ पुर्‍याएको हो। १० प्रतिशत भनेको १ सय ४८ जना हुन्।

पुनः बहुपदीय प्रणालीमा जाँदै

एक सय ७९ केन्द्रीय कमिटीमा १२० जना थप गर्दै माओवादी पुनः बहुपदीय प्रणालीमा फर्किने भएको छ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाइएको छ।

देवप्रसाद गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले १५ पदाधिकारीको संख्या सिफारिस गरेको छ ।

माओवादीको राष्ट्रिय सम्मेलन भोलिदेखि १३ पुससम्म काठमाडौंमा हुँदैछ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १० : ३९ बजे

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा