चार महिनामा चार करोड ७० लाख थान डायपर आयात « Khabarhub

चार महिनामा चार करोड ७० लाख थान डायपर आयात


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बालबालिका एवं अशक्त बृद्धबृद्धाका लागि प्रतिमहिना रु १५ करोड ९७ लाख १० हजार २५० को डायपर आयात हुने गरेको छ ।

भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/०७९ चार महिनाको तथ्याङ्कमा आयातको उक्त अङ्क उल्लेख भएको छ ।

डायपरलाई नेपालीका सामान्य बोलीचालीको भाषामा थाङ्नो भनिन्छ । समाज आधुनिक बन्दै गएपछि डायपरको प्रयोग बढ्दै गएको हो । हिजोका नेपाली पुर्खाले आधुनिक डायपरको सट्टामा थाङ्नोलाई डायपरका रुपमा प्रयोग गर्दथे ।

आव २०७८/०७९ का चार महिनामा विभिन्न १२ मुलुकबाट रु ६३ करोड ८८ लाख ४१ हजार मूल्य बराबरका चार करोड ६९ लाख ९० हजार ९९४ थान डायपर आयात भएको हो ।

सबैभन्दा धेरै भारतबाट रु ६० करोड ७० लाख १९ हजार १४३ मूल्य बराबर चार करोड ४६ लाख ६६ हजार ६०४ थान डायपर आयात भएको छ । आयात भएको डायपरको भन्सार मूल्य १३ रुपैयाँ ५९ पैसा हुन आउँछ ।

दोस्रो धेरै आयात हुने मुलुकमा चीनबाट रु दुई करोड ६३ लाख ५४ हजार ६९ मूल्य बराबर १९ लाख ३९ हजार २८४ थान डायपर आयात भएको छ । उक्त तथ्याङ्कलाई केलाउँदा नेपालीका लागि प्रतिमहिना एक करोड १७ लाख ४७ हजार ७४८ थान डायपरको आवश्यकता रहेको देखिन्छ ।

तेस्रो डायपर आयात हुने मुलुकमा पाकिस्तान पर्दछ । पाकिस्तानबाट चार महिनाको अवधिमा तीन लाख २८ हजार ६४० थान डायपर रु ४४ लाख ६६ हजार २१७ मा आयात भएको छ । शिुशुको मलमूत्र सोस्न वा जम्मा गर्न शिशुको कांछ र गोडाको वरिपरि पट्याइएको नरम कपडा वा थाङ्नोलाई अङ्ग्रेजीमा ‘डायपर’ भनिन्छ ।

नेपालले डायपर आयात गर्ने चाँैथो ठुलो मुलुक थाइल्याण्ड हो । थाइल्याण्डबाट नेपालले ५६ हजार ४०० थान डायपर रु सात लाख ६६ हजार ४७६ मा आयात गरेको छ । त्यसैगरी डायपर आयात हुने मुलुकमा अष्ट्रियाबाट ४१, अष्ट्रेलियाबाट १९, बेल्जियमबाट दुई, डेनमार्कबाट दुई, जापानबाट दुई, अमेरिकाबाट दुई र हङ्कङबाट एक थान डायपर आयात भएको विभागले प्रकाशन गरेको आव २०७८/०७९ को चार महिनाको तथ्याङ्कमा उल्लेख छ ।

चार महिनाको डायपर आयातबाट राज्यले रु १८ करोड ७५ लाख ५९ हजार भन्सार असुली गरेको छ । डायपर आयातमा भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपालमा डायपर उद्योगको ठूलो सम्भावना देखिन्छ ।

आयातको अनुपात हेर्दा नेपालीलाई झन्डै वार्षिक रु दुइ अर्बको डायपर खपत हुने देखिन्छ । प्रचुर सम्भावनाको क्षेत्र भएर पनि नेपाली उद्यमी यसतर्फ आकर्षित भने हुन सकेका छैनन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : ०५ बजे

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ