ताप्लेजुङमा पहिलो पटक मकै जोन सञ्चालन समिति गठन « Khabarhub

ताप्लेजुङमा पहिलो पटक मकै जोन सञ्चालन समिति गठन


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङलिङ- पहिलो पटक ताप्लेजुङमा मकै जोनको छुट्टै सञ्चालन समिति गठन गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएको मकै जोन सञ्चालन समन्वय समिति गठन गरिएको हो ।

चालू आर्थिक वर्षदेखि लागू भएको मकै जोनमा सन्तोष भट्टराई संयोजक रहेको नौ सदस्य सञ्चालन समन्वय समिति गठन गरिएको छ ।

समितिका सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई रहेका छन् ।

जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वडामा मकै जोन कार्यक्रम कार्यान्वयन गरिने छ ।

पहिलो वर्ष उक्त वडाका ४७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ ।

यस्तै अलैँची जोन कार्यक्रम भने आव २०७५/७६ देखि नै लागू भएको हो । फुङ्लिङ नगरपालिकासहित मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकाका ३९ वडामा लागू गरिएको छ । अलैँची जोनका लागि क्षेत्र विस्तार गरेर हालसम्म एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।

हाल जोन कार्यक्रम लागू गरिएको क्षेत्रमा सात सय ३०.५ मेट्रिकटन अलैँची उत्पादन हुने गरेको जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : ३५ बजे

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल 

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो