ताप्लेजुङमा पहिलो पटक मकै जोन सञ्चालन समिति गठन « Khabarhub

ताप्लेजुङमा पहिलो पटक मकै जोन सञ्चालन समिति गठन


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङलिङ- पहिलो पटक ताप्लेजुङमा मकै जोनको छुट्टै सञ्चालन समिति गठन गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएको मकै जोन सञ्चालन समन्वय समिति गठन गरिएको हो ।

चालू आर्थिक वर्षदेखि लागू भएको मकै जोनमा सन्तोष भट्टराई संयोजक रहेको नौ सदस्य सञ्चालन समन्वय समिति गठन गरिएको छ ।

समितिका सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई रहेका छन् ।

जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वडामा मकै जोन कार्यक्रम कार्यान्वयन गरिने छ ।

पहिलो वर्ष उक्त वडाका ४७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ ।

यस्तै अलैँची जोन कार्यक्रम भने आव २०७५/७६ देखि नै लागू भएको हो । फुङ्लिङ नगरपालिकासहित मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकाका ३९ वडामा लागू गरिएको छ । अलैँची जोनका लागि क्षेत्र विस्तार गरेर हालसम्म एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।

हाल जोन कार्यक्रम लागू गरिएको क्षेत्रमा सात सय ३०.५ मेट्रिकटन अलैँची उत्पादन हुने गरेको जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : ३५ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा