ज्याकलिनलाई घर जान रोक « Khabarhub

ज्याकलिनलाई घर जान रोक


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यो वर्षको क्रिसमसमा आफ्नो घर जान पाइनन् । इडीले उनलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन ।

ज्याकलिनको नाम महाठग सुकेश चन्द्रशेखरको २ सय करोड ठगी मामलामा मुछिए पछि उनी समस्यामा परेकी छन् । ईडीले कैयौंपटक उनीमाथि सोधपुछ गरिसकेको छ । सुकेशबाट पाएको सबै उपहारलाई ईडीले जफतको तयारी गरिरहेको छ ।

ज्याकलिनलाई यसअघि पनि ईडीले भारतभन्दा बाहिर जानका लागि रोक लगाएको थियो । अभिनेत्रीलाई आफ्नो व्यवसायिक सम्झौता अनुसार रियाद जानु थियो, तर ईडीले उनलाई मुम्बई एयरपोर्टमै रोक लगायो । ईडीले ठगी मामलामा अनुसन्धान चलिरहेको र अभिनेत्रीले क्लिन चिट नपाएका कारण भारत बाहिर जानलाई रोक लगाइएको जनाएको छ ।

यो मामलामा ज्याकलिनसँगै नोरा फतेही, श्रद्धा कपुर, शिल्पा शेट्टी र हरमन बावेजा जस्ता बलिउड स्टारको नाम मुछिएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : ४४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक