एमसीसी नसच्याइ अनुमोदन गरिए राष्ट्रघात : डा. रावल « Khabarhub

एमसीसी नसच्याइ अनुमोदन गरिए राष्ट्रघात : डा. रावल


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का नेता डा. भीम रावलले एमसीसीमा रहेका देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन्।

नेपाल चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने दाबी गरे।

अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका बिज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हास्यास्पद भएको उनको भनाइ छ । उनले आफूले एमसीसीबारे सवै प्रावधान पढेकाले नेपालीलाई मुर्ख बनाउन काम नगर्न सुझाव दिए ।

पाँचतारे होटलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको उनले आरोप लगाए। उनले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परियोजनाका कर्मचारीसंग सम्झौता गरेर त्यहिबेलादेखि नै असमान सम्झौता गरेको टिप्पणी गरे।

रावलले एमसीसीको प्रस्तावता र बिभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरु सार्वभौमिक समानताको सिद्धान्त बिपरित रहेको तर्क गरे।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ५० बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा