आप्रबासी शरणार्थी चढेको जहाज डुब्दा १६ को मृत्यु « Khabarhub

आप्रबासी शरणार्थी चढेको जहाज डुब्दा १६ को मृत्यु


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एथेन्स– एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति शरणार्थी डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

मृत्यु हुनेमा एक शिशु पनि रहेको ग्रीक सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

ग्रीसेली राष्ट्रिय समाचार संस्था एमएनएका अनुसार चार दिनको अन्तरालमा ग्रीक पानीमा भएको यो तेस्रो दुःखद घटना हो ।

यसअघि ग्रीसको हेलेनिक कोष्ट गार्डले एजियन समूहको एन्टिकिथेरा टापुमा बिहीबार डुबिरहेको शरणार्थी र प्रवासी डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको थियो ।

उत्त घटनामा परी घाइते भएका ९० यात्रुको उद्धार गरिएको छ । ग्रीसका अधिकारीहरूले फोलेगान्ड्रोस टापु नजिकै गत बुधबार पनि एउटा डुङ्गा डुबेको थियो भने उक्त घटनामा तीन जनाको मृत्यु भएको र थियो ।

डुङ्गा दुर्घटनामा अन्य १३ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही मानिसहरू वेपत्ता भएका थिए ।

सन् २०१५ देखि शरणार्थी र आप्रवासीको आश्रयस्थलका रूपमा अग्रपङक्तिमा रहेको छ । विगत छ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ ।

‘ग्रिक म्यारिटाइम अफेयर्स र इन्सुलर पोलिसी’ मन्त्रीले शनिबार इमेलमार्फत दिएको जानकारीमा भनिएको छ, “सन् २०२१ मा ग्रीसले एक हजार ४५० खोज तथा उद्धार अभियानमार्फत् २९ हजार भन्दा बढी मानिसहरूको उद्धार गरेको छ ।

सुरक्षाको आधारभूत स्तर अनुरूप नभएका डुंगाहरूमा अक्सर व्यापारीहरूले दर्जनौं गरीब तथा द्वन्द्वपिडित मानिसहरूलाई ओसारपसार गर्ने गरेका र यसका कारण बढी दुर्घटनाहरू भएका ग्रीसका अधिकारीहरूले बताएका छन् । सिन्ह्वा

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ५५ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६