आप्रबासी शरणार्थी चढेको जहाज डुब्दा १६ को मृत्यु « Khabarhub

आप्रबासी शरणार्थी चढेको जहाज डुब्दा १६ को मृत्यु


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एथेन्स– एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति शरणार्थी डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

मृत्यु हुनेमा एक शिशु पनि रहेको ग्रीक सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

ग्रीसेली राष्ट्रिय समाचार संस्था एमएनएका अनुसार चार दिनको अन्तरालमा ग्रीक पानीमा भएको यो तेस्रो दुःखद घटना हो ।

यसअघि ग्रीसको हेलेनिक कोष्ट गार्डले एजियन समूहको एन्टिकिथेरा टापुमा बिहीबार डुबिरहेको शरणार्थी र प्रवासी डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको थियो ।

उत्त घटनामा परी घाइते भएका ९० यात्रुको उद्धार गरिएको छ । ग्रीसका अधिकारीहरूले फोलेगान्ड्रोस टापु नजिकै गत बुधबार पनि एउटा डुङ्गा डुबेको थियो भने उक्त घटनामा तीन जनाको मृत्यु भएको र थियो ।

डुङ्गा दुर्घटनामा अन्य १३ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही मानिसहरू वेपत्ता भएका थिए ।

सन् २०१५ देखि शरणार्थी र आप्रवासीको आश्रयस्थलका रूपमा अग्रपङक्तिमा रहेको छ । विगत छ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ ।

‘ग्रिक म्यारिटाइम अफेयर्स र इन्सुलर पोलिसी’ मन्त्रीले शनिबार इमेलमार्फत दिएको जानकारीमा भनिएको छ, “सन् २०२१ मा ग्रीसले एक हजार ४५० खोज तथा उद्धार अभियानमार्फत् २९ हजार भन्दा बढी मानिसहरूको उद्धार गरेको छ ।

सुरक्षाको आधारभूत स्तर अनुरूप नभएका डुंगाहरूमा अक्सर व्यापारीहरूले दर्जनौं गरीब तथा द्वन्द्वपिडित मानिसहरूलाई ओसारपसार गर्ने गरेका र यसका कारण बढी दुर्घटनाहरू भएका ग्रीसका अधिकारीहरूले बताएका छन् । सिन्ह्वा

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ५५ बजे

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु