पुरुष भलिबल टोलीको दोस्रो हार « Khabarhub

पुरुष भलिबल टोलीको दोस्रो हार


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय पुरुष टोली एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको छ ।

बिहीबारदेखि बंगलादेशको ढाकामा जारी प्रतियोगितामा नेपालले पहिलो सेट २५–१८ ले हारेपनी दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २२–२५ आफ्नो पक्षमा पारेको थियो ।

तर श्रीलंकासँगको लयलाई निरन्तरता दिन नसकेको टोलीले तेस्रो सेट २५–१६ र चौथो सेट २५–१५ ले गुमायो ।

यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३–१ को शानदार जित निकालेको थियो ।

प्रतियोगितामा तीन खेलमा एक जित र दुई हार बेहोरेको नेपालले तीन अंक बनाएको छ ।

नेपालले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

पुरुषतर्फको खेलमा समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : ५० बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६