आज गणेशको पूजा गर्ने दिन, यी हुन् गणेशका ११ स्वरुप | Khabarhub Khabarhub

आज गणेशको पूजा गर्ने दिन, यी हुन् गणेशका ११ स्वरुप


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान श्रीगणेशको पूजा गरिन्छ ।

त्यसोत कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको पूजा गर्ने गरिन्छ । मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ ।

श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरुको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

सेतो गणेशः

भगवान गणेशका विभिन्न स्वरुप मध्ये तपाईले सेतो गणेशको प्रतिमा देख्नुभएको होला । मठ मन्दिरमा समेत गणेश भगवानको सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यीनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सवै सदस्यहरुको दु:ख निवारण हुने धार्मिक विश्वास छ ।

मुगा जडित गणेशः

मुगा सिंदूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजास्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने भक्तहरुको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

पन्ना जडित गणेशः

पन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सत्बुद्धि प्राप्ति हुनुका साथै सुख शान्ति र धन प्राप्ति हुने विश्वास गरिन्छ ।

चाँदीको गणेश

जसले धनको इच्छा राख्छ । उसले चाँदीद्वारा निर्माण गरिएको गणेको प्रतिमालाई पूजा गर्नुपर्ने जनाइन्छ । यस्तो प्रकारको प्रतिमा पूजास्थानमा स्थापित गरी पूजा गर्नाले धन-सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ ।

चन्दनद्वारा निर्मित गणेश

पूजामा प्रयोग हुने चन्दन (एक प्रकारको काठ)बाट निर्माण गरिएको भगवान गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका विपतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकोको गणेशको पूजा गर्नाले पारिवारमा सखु–शान्ति छाउने विश्वास गरिन्छ ।

पारद गणेशः

धन-सम्पत्ति प्राप्तिका लागि पारद अर्थात पारोबाट बनेको गणेको प्रतिमा पूजास्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने बताइन्छ ।

बाँसुरी बजाउँदै गरेको गणेशः

घरमा झैझगडा तथा विवाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।

हरियो रंगको गणेशः

हरियो रंगको श्रीगणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस्तो प्रकारको गणेश घरमा राखेर विद्यार्थीहरुले नित्य पूजा गर्नु उत्तम मानिन्छ ।

हात्तीमा विराजमा गणेश

यदी कोही धन प्राप्तिको इच्छा राख्दछन् भने हात्तीमा बिराजमान भएको भगवान गणेशको प्रतिमा पूजा कोठामा स्थापना गरी विधिपूर्वक नित्य पूजा गर्नुपर्छ । हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इज्जत र स्वामिमान वृद्धि हुने धार्मिक विश्वास छ ।

नाच्दै गरेको गणेशः

नाच्दै गरेको भगवान गणेशको प्रतिमा पूजाकोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा तनावबाट मुक्त भइने धार्मिक विश्वास छ । मनको शान्ति र एकाग्र बन्नको लागि नाच्दै गरेको गणेशको मूर्ति पूजा स्थानमा राख्नु उत्तम मानिन्छ ।

पञ्चमुखी गणेशः

तान्त्रिक क्रिया सिद्दिका लागि पञ्चमुखी गणेश भगवानको पूजा गर्नु उत्तम मानिन्छ । पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बाधा–अडचन नआउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ५५ बजे

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको