उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण « Khabarhub

उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मानिस बुढो एक प्राकृतिक प्रक्रिया हो । बालक, युवा, अधवैशे हुदै मानिस बुढो हुन्छ । तर कतिपय मानिस भने उमेर नपुग्दै बुढो देखिन्छ । आखिर किन उमेर अगावै मानिस बुढो देखिन्छ त ? आजकलको खराब जीवनशैली, खानपान, खराब सोच चिन्तनले मानिसलाई उमेर अगावै बुढ्यौलीमा पुर्‍याउँछ । समय अगावै बुढो हुनबाट बच्न के गर्ने त ?

१. गलत खानपान त्याग्ने
आधुनिक युगको प्रवेशसंगै मानिसले गलत खानपान खाने गरेका छन् । पहिले अर्गानिक र सादा खानाको प्रयोग हुन्थ्यो । तर आजकल तारेको, भुटेको र बाहिरको खानाले हाम्रो स्वास्थ्यका साथै मुटुमा असर गर्दछ । र मानिस समय अगावै बुढो हुन पुग्दछ ।

२. बिना परीश्रम बस्नु
आजकल धेरै मानिसहरु बिना परीश्रम लामो समय बसेर बिताउँछन् । कार्यालयमा काम गर्नेहरु अधिकाशंको काम बसेर नै हुन्छ । तर लामो समय बसिरहँदा शरिरमा क्यालोरी बढ्दछ । जो मुटुकालागि राम्रो मानिदैन । मुटु स्वस्थ्य नभए मानिसको आयु घट्दछ ।

३. धुम्रपान
धुम्रपानले रगतलाई टुक्र्याउँछ । यसले कोरिनरी आर्टरी, मस्तिष्कसम्म पुग्ने धमनिलाई पनि प्रभावित पार्दछ । जसका कारण धुम्रपान गर्ने व्यक्तिमा स्ट्रोकको संभावना बढेर जान्छ । यसका साथै धम्रपानले रगतको प्लेटलेट्स नष्ट गर्ने, खराव कोलेस्ट्रोलको मात्रा बढाउनेदेखि धमनिलाई सुकाउने काम समेत गर्छ ।

४. मदिरा
मदिरा सेवनपछि मानिसमा रक्तचाप बढेर जान्छ र मुटुलाई प्रभावित पार्दछ । मदिराले शरिरमा भएको भिटामिन बी र सीलाई नष्ट पार्दछ । साथै मदिराले मुटुको मांशपेसीलाई कमजोर पार्दै लैजान्छ । यसका साथै मदिराकै कारणले हर्टएट्याक, स्ट्रोक र उच्च रक्तचाप पनि हुन सक्छ ।

५. तनाव
तनावले समेत मानिसलाई चाँडै बुढो बनाउँछ । तनावले रक्तचाप र कोलेस्ट्रोल बढाउँछ । यस्तोमा व्यक्तिमा हर्टएट्याकको खतरा बढेर जान्छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ४५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको