पुलिससँग वालिङको बराबरी « Khabarhub

पुलिससँग वालिङको बराबरी


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकासँग अंक बाडेको छ। मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा पुलिस र वालिङबीचको खेल १-१ गोल बराबरी भएको हो।

तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वालिङ पुलिसविरुद्व हावी भएको थियो। जसमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो।

खेलको दोस्रो हाफको ८ औँ मिनेटमा वालिङका लागि मिथो रुथले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। रुथको गोलपछि उत्साहित वालिङको टोलीले अग्रता भने धेरै टिकाउन सकेन।

वालिङविरुद्व खेलको ६५ औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोल फर्काइन्। रेखाको गोलले खेलमा फर्किएको पुलिसले गोल थप्न भने सकेन। जसको फलस्वरूप खेल १-१ बराबरीमा सकियो।

प्रतियोगितामा दोस्रो बराबरी खेलेको वालिङका प्रशिक्षक दीलिप थापाले आफ्नो टोलीका खेलाडीले राम्रो खेलेको बताए भने लिगमा दुई बराबरी खेलेको पुलिसका प्रशिक्षक सञ्जीव जोशीले टिमले राम्रो खेल्न नसकेको स्वीकाररेका छन्।

उनले वालिङका खेलाडीले राम्रो खेल्दा आफ्नो टिमले नतिजा उल्टाउन नसकेको स्वीकारेका हुन्। यस्तै पुलिस ५ अंकसहित पुलिस दोस्रो स्थान उक्लिएको छ। वालिङले ३ खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : ४५ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी