लताले ‘ए मेरे वतन’ गाउदा भावुक भएका थिए नेहरु « Khabarhub

लताले ‘ए मेरे वतन’ गाउदा भावुक भएका थिए नेहरु


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारतमा मंगलबार गणतन्त्र दिवस मनाइँदैछ । यो परिप्रेक्ष्यमा भारतकी ‘स्वर कोकिला’ लता मंगेशकरले सन् १९६३ मा गणतन्त्र दिवसको दिन आफूलाई गीत ‘ए मेरे वतन के लोगों’ गाउने अफर आएको क्षणलाई स्मरण गरेकी छन् ।

लताका अनुसार शुरुमा उनले यो गीत गाउन अस्वीकार गरेकी थिइन् । किनकी उनीसँग रिहल्सलका लागि समय थिएन ।

यद्यपि, जब उनले गीत गाइन्, यो गीत सुनेर तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको आँखामा आँशु भएको थियो । यो गीत यति चर्चित भयो कि लताले आफ्नो जुनसुकै शो या कन्सर्टमा अनिवार्य गाउनुपथ्र्यो ।

यो गीतका लेखक कवि प्रदीप हुन् । उनले नै २६ जनवरी १९६३ मा लतालाई गणतन्त्र दिवसको दिन गीत गाउन अनुरोध गरेका थिए । शुरुमा त उनी यो गीत गाउन तयार थिइनन्, किनकी त्यो समयमा उनी २४ घण्टा काममा व्यस्त थिइन् । त्यहीकारण पनि एक गीतका लागि विशेष चासो दिन उनका लागि सम्भव थिएन ।

तर प्रदीपले उनलाई बहिनी आशाका साथ मिलेर गीत गाउन तयार बनाए । तर कार्यक्रमका लागि दिल्ली जानु केही दिन अघि आशाले दिल्ली जान अस्वीकार गरिन् । आशालाई लता र ‘ए मेरे वतन के लोगों’लाई अर्केस्ट्रेटेड गर्ने संगीतकार हेमन्त कुमारले सम्झाउन खोजे पनि उनी मानिनन् । जसकारण लता एक्लैले यो गीत गाउनुपर्यो ।

No description available.

‘म आफ्नो मिल्ने साथी नलिनी म्हात्रेसँग थिएँ । राती जब हामी दिल्ली पुग्यौं, मेरो पेट दुख्न थाल्यो । मैले नलिनीलाई ‘यस्तो अवस्थामा कसरी गाउन सक्छु’ भनेर सोध्दा उनले ‘चिन्ता नगर्नु सबै ठिक हुन्छ’ भनिन् । हामी २७ जनवरीमा कार्यक्रमस्थल पुग्यौं । मैले ‘अल्लाह तेरो नाम’ र ‘ए मेरे वतन के लोगों’ गाएँ’, लताले भनेकी छन् ।

गीत गाएपछि आराम गर्नका लागि लता स्टेज पछाडि गइन् । उनलाई महबुब खानले हात समातेर नेहरुलाई भेट्न लगे । तर आफूलाई नेहरुले किन बोलाए भन्नेमा उनी अन्योलमा थिइन् । ‘तपाईंले गाएको सुनेर मेरो आँखामा आँशु आयो’ नेहरुले यसो भनिरहँदा लता खुशीले पुलकित भइन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ३ : ०८ बजे

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार