आर्मीविरुद्धको खेलमा एपीएफ विजयी  « Khabarhub

आर्मीविरुद्धको खेलमा एपीएफ विजयी 


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा विजयी यात्रा कायमै राखेको छ।

मंगलबार आफ्नो तेस्रो खेल खेलेको एपीएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा मैदानमा एपीएफले आर्मीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

एपीएफो जितका लागि अन्जली योन्जन र सरु लिम्बूले गोल गरिन्।  अन्जलीले खेलको २७ औँ मिनेटमा गोल गरिन् भने सरुले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई २-० गोलको अग्रता दिलाएकी हुन्।

महिला लिगमा एपीएफ र आर्मीबीचको खेल ‘भाइटल’ खेलका रुपमा लिइन्छ। यी दुवै टोलीमा राष्ट्रिय टोलीका खेलाडीको वर्चश्व समेत रहेको छ।

एपीएफमा नेपालकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी छन् भने आर्मीको मिडफिल्ड सम्हाली रहेकी दिपा राई राष्ट्रिय टोलीकी नियमित सदस्य हुन्।

दोस्रो हाफमा आर्मीले राम्रो खेले पनि गोल फर्काउन नसक्दा लिगमा पहिलो हार व्यहोरेको छ। यसअघिका दुई खेलमा लगातार ह्याट्रिक गरेकी सावित्रा भण्डारीले भने आर्मीविरुद्व गोल गर्न सकिनन्।

लिगमा लगातार तेस्रो जित हात पारेको एपीएफ ९ अंकसहित शीर्ष स्थानमा छ भने पराजित आर्मीले ३ खेलबाट ४ अंक जोडेको छ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : ३६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले