काठमाडौँ– इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट खेलमा भारतले जीत हासिल गरेको छ । बिहीबार राति भएको खेलमा भारत १० विकेटले विजयी भएको हो ।
भारतका लागि रोहित शर्माले नटआउट २५ र शुभमान गिलले नटआउट १५ रन बनाए । दोस्रो खेलमा भारतले इंग्ल्याण्डलाई ८१ रनमै अलआउट गरेको थियो ।
पहिलो खेलमा भारतले १४५ रन बनाएको थियो । यस्तै इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको थियो ।
पहिलो खेलमा भारतका लागि रोहित शर्माले ६६ रन जोडे । यस्तै अक्षर पटेलले ११ विकेट लिए । पहिलो खेलमा ६ विकेट लिएका पटेलले दोस्रो खेलमामा ५ विकेट लिएर भारतलाई तेस्रो टेस्ट जिताए ।
उक्त टेस्टमा पटेल म्यान अफ दी म्याच घोषित भए । टेस्टमा रविचन्दन आश्विनले ७ विकेट लिएका थिए । भारतले चार खेलको टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ ।
यसअघि पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो ।
प्रतिक्रिया