नेपाल भाषाका शिक्षकलाई चैत १५ भित्र विद्यालय पठाउने महानगरको तयारी | Khabarhub Khabarhub

नेपाल भाषाका शिक्षकलाई चैत १५ भित्र विद्यालय पठाउने महानगरको तयारी

१७२ शिक्षकका लागि ५१६ को आवेदन


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन गत माघ २८ मा १७२ शिक्षकको माग गरेकोमा ५१६ जनाको दरखास्त परेको काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।

दरखास्त दिएकालाई आगामी १६ गतेदेखि १९ गतेसम्म प्रवेश वितरण गर्ने र फागुण २१ गतेबाट प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा विभागका अधिकृत मोतिराज खनालले बताए ।

उनले भने, ‘प्रयोगात्मक परीक्षापछि अन्तरवार्ता गरेर आगामी १५ चैत भित्र शिक्षकहरुलाई विद्यालय पठाउने गरी तयारी भइरहेको छ ।’

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार हरेक स्थानीय तहले १०० पुर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार गरेर यही शैक्षिक सत्रबाट लागु गर्नुपर्ने हुन्छ ।

स्थानीय पाठ्यक्रममा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता पक्ष समेटेर पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रम अनुसार नेपाल भाषामा पाठ्युस्तक तयार पारेको छ ।

महानगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम तयार पारेको हो । स्थानीय पाठ्यक्रम लागु भएसँगै १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूले थप १०० पूर्णाङ्कको पाठ्यक्रम पढ्नुपर्ने हुन्छ ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका १०० पूर्णाङ्ककै प्रयोगात्मक पाठ्यक्रम राखिएको छ । कक्षा ४ र ५ का लागि ७५ पूर्णाङकको प्रयोगात्मक र २५ पूर्णाङ्को सैद्धान्तिक राखिएको छ ।

कक्षा ६, ७ र ८ का लागि ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक राखिएको छ ।

महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् । संस्थागत विद्यालयको संख्या ६४० छ ।

यी सबै विद्यालयमा गत मंसिरमा स्थानीय पाठ्यक्रमको पढाइ शुरू हुनुपर्ने भए पनि विषयगत शिक्षक अभावका कारण कक्षा सञ्चालनमा हुन सकेको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ३३ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार