भारतमा संक्रमण वृद्धिमा दैनिक नयाँ रेकर्ड, २४ घण्टामा थपिए वर्षकै धेरै संक्रमित « Khabarhub

भारतमा संक्रमण वृद्धिमा दैनिक नयाँ रेकर्ड, २४ घण्टामा थपिए वर्षकै धेरै संक्रमित


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि बिहीबार यो वर्षकै दोस्रो धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १२ लाख ६२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ३१ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र