अप्टिकल फाइबर काटियो, दुई जिल्लाको सेवा बन्द « Khabarhub

अप्टिकल फाइबर काटियो, दुई जिल्लाको सेवा बन्द


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो ।

सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम बैतडीले जनाएको छ । तीन दिनदेखि जिएसएम मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ ग्राहक मारमा परेका हुन् । फोन सेवा अवरुद्ध हुँदा सञ्चारविहीन हुनुपरेको दशरथचन्द नगरपालिका–५ का खेमराज भट्टले बताए ।

काटिएको अप्टिकल फाइबर मर्मत जारी रहेको टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए । उनले भने, “एक ठाउँको मर्मत गरिसकेका छौँ, अर्को ठाउँको अप्टिकल फाइबर मर्मतको काम जारी छ ।”

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : ०० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले