आइपीएलमा बैंगलोरको पहिलो हार, चेन्नइसँग ६९ रनले पराजित « Khabarhub

आइपीएलमा बैंगलोरको पहिलो हार, चेन्नइसँग ६९ रनले पराजित


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो हार व्यहोरेको छ ।

मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर चेन्नइ सुपर किंग्ससँग  ६९ रनले पराजित भएको हो । जारी सिजन चौंथो जित निकालेको चेन्नइ तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

चेन्नइले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि देबदुत पडिकलले सर्वाधिक ३४ रन बनाए । ग्लेन म्याक्सवेलले २२ रन जोड्दा केली जेमिसनले १६ रन बनाए । मोहमद सिराज १२ रनमा अविजित रहे । कप्तान विराट कोहली ८ रनमा आउट भए । चेन्नइका रविन्द्र जडेजाले ३ तथा इमरान ताहिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

चेन्नइका लागि रविन्द्र जडेजाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फाप डु प्लेसिसले ५० रनको इनिङ्स खेल्दा रुतुराजले ३३ रन बनाए ।

सुरेश रैनाले २४ रन जोडे । बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा पुगेको चेन्नइको ५ खेलमा ८ अंक छ । ५ खेलमा समान ८ अंक जोडेर पनि बैंगलोर रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ५६ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम