सुपर ओभरमा दिल्लीसँग हैदराबादको हार « Khabarhub

सुपर ओभरमा दिल्लीसँग हैदराबादको हार


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिल्ली क्यापिटल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ ।

चेन्नईमा आइतबार राति भएको खेलमा हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौथो जित पनि निकालेको छ ।

दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा हैदरावादले ७ रन जोड्यो । जवाफमा दिल्लीले ८ रन जोड्दै खेल आफ्नो बनायो ।

सुपर ओभरमा जानु अघि हैदरावादका केन विलियम्सनले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोनी बेयर्स्टोले ३८ रन बनाए । जगदीश सुचिथ १५ रनमा अविजित रहे ।

दिल्लीका अभेस खानले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान ऋषव पन्तले ३७ रन जोड्दा स्टिभ स्मिथले अविजित ३४ रन बनाए । शिखर धवन २८ रनमा आउट भए ।

हैदरावादका सिदार्थ कउलले २ विकेट लिए । राशिद खानले १ विकेट लिए । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । हैदरावादको यो चौंथो हार हो । हैदरावादले ५ खेलमा २ अंक मात्र छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ४० बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम