अति प्रभावित जिल्लाहरुमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न चिकित्सक संघकाे आग्रह « Khabarhub

अति प्रभावित जिल्लाहरुमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न चिकित्सक संघकाे आग्रह


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले कोभिड –१९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारलाई समक्ष आग्रह गरेको छ ।

चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन उपचार शैया, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको परिस्थितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले नेपालमा कोरोनाको दोस्रो लहर आइसकेर नयाँ स्वरुपको संक्रमण पनि पुष्टि भइ तीव्र बन्दै गएकाले लकडाउन गर्न आग्रह गरेको हो ।

संक्रमण नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई सावधानी अपनाउन संघको अपिल छ । त्यस्तै संघले कोभिड नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई छुट्टाछुट्टै सुझाव पनि दिएको छ ।

संघले कोभिड अस्पताल घोषणा गरी संक्रमितलाई छुट्टै उपचार गर्न र फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु अझै पनि कोरोना खोपबाट बञ्चित रहेको हुँदा यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : १४ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को