बुद्ध जयन्ती : लुम्बिनीमा भिक्षुहरुले गरे ‘परित्राण’ पाठ (फोटोफिचर) « Khabarhub

बुद्ध जयन्ती : लुम्बिनीमा भिक्षुहरुले गरे ‘परित्राण’ पाठ (फोटोफिचर)



बुटवल-विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा परित्राण पाठ गरी २५६५ औँ बुद्ध जयन्ती मनाइएको छ ।

भिक्षुहरुले एकसाथ परित्राण पाठ गर्दै लुम्बिनीमा बुद्ध जयन्ती मनाएका हुन् । कार्यक्रममा ७ वटा बौद्ध सम्प्रदायका भिक्षुहरुले परित्राण पाठ गरेका हुन् ।

विगतका वर्षहरुमा राष्ट्रप्रमुख, विदेशी कुटनीतिज्ञ, भिक्षुहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको विशेष औपचारिक कार्यक्रम गरि मनाइने गरिए पनि कोरोना कहरका कारण यसवर्ष सामन्य पूजापाठ र प्रार्थना गरेर बुद्ध जयन्ती मनाइएको हो ।

कोरोना महामारीले गर्दा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण यसवर्ष बुद्ध जयन्तीको भब्य कार्यक्रम गर्न नसकिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

गतवर्ष पनि कोरोना महामारी र निषेधाज्ञाका कारण बुद्धजयन्ती सामान्यरुपमा मनाइएको थियो ।


निषेधाज्ञाका कारण यस बर्ष पनि गतवर्ष जस्तै पूजा पाठ र सामन्य कार्यक्रम गरेर मनाइएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

नियमित पूजा र प्रार्थनामा सरिक हुन आज बिहानै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लुम्बिनी पुगेका थिए ।

आजको मुख्य पूजाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिप प्रज्वलन गरी सुरु गरेका थिए । लुम्बिनी परिषरमा रहेका सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवि परिसरमा उपस्थित भइ पूजा पाठ गरिएको थियो ।

सो अवसरमा प्रधानमन्त्री केपी ओली र पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना भिडियो सन्देश सुनाइएको थियो ।

कोरोना महामारीका कारण सामान्य पूजापाठ, वृक्षारोपण र आज साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । संक्रमितहरुको स्वास्थ्यलाभ र मृतकहरुको सम्झनामा २५६५ वटा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको कोषका सदस्यसचिव शाक्यले जानकारी दिए ।

(तस्वीर- नरेश केसी / लुम्बिनी विकास कोष)

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : ५९ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई