कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानविन गर्न डब्ल्युएचओलाई अमेरिकाको आग्रह « Khabarhub

कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानविन गर्न डब्ल्युएचओलाई अमेरिकाको आग्रह


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर नै महामारीको रूप लिइरहेको कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाले पारदर्शी छानविनका लागि डब्ल्युएचओलाई आह्वान गरेको छ ।

अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्युएचओलाई आह्वान गरेका हुन् ।

डब्ल्युएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने पनि बताएका छन्।

चीनको वुहानस्थित प्रयोगशालाका शोधकर्ताहरू महामारी फैलनुअघि नै विरामी परेको सूचना सार्वजनिक भएलगत्तै अमेरिकाले डब्ल्युएचओलाई यस्तो आग्रह गरेको हो ।

कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो । त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाखभन्दा बढी मानिस प्रभावित भइसकेका छन् । ३४ लाखभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

गत मार्चमा डब्ल्युएचओले कोरोना भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै न्युन भएको जनाएको थियो ।

 

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १० : ४० बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा