कालापत्थरमा ‘नेपग्याजम’ले बनायो विश्व रेकर्ड « Khabarhub

कालापत्थरमा ‘नेपग्याजम’ले बनायो विश्व रेकर्ड


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल(रमेश अंकलको छोरो)ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए ।

‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहा पुगेका थिए ।

नेपग्याजम मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताए ।

कलाकार उमेशले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस–तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरिएको बताए ।

यसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधार शिविर ५ हजार २ सय ७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर गिनिजमा नाम लेखाएका थिए ।

कार्यक्रमका लागि कोरोना महामारीबीच आठ जनाको टोली कालापत्थर पुगेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ६ : ०० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान