दुर्व्यसनमा फस्नेमा युवा पुस्ताका धेरै, प्राविधिक विषय पढ्ने लतमा | Khabarhub Khabarhub

दुर्व्यसनमा फस्नेमा युवा पुस्ताका धेरै, प्राविधिक विषय पढ्ने लतमा



काठमाडौँ– आज जुन २६ अर्थात लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ।

‘लागुऔषधरहित परिवारः स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईदैछ ।

कोरोना कहरले यस पटकको लागुऔषध दुरुपयोगविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित यस वर्षका कार्यक्रम भने भर्चुअल रुपमा सञ्चालन भएका छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९८७ मा जारी गरेको घोषणापत्रको ४२ को ११२ खण्डमा हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसको रूपमा मनाउने निर्णय भएको उल्लेख छ । आजको दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

विदेशी पर्यटकसँगै भित्रियो लागुऔषध
नेपालमा लागुऔषधको कारोबार र प्रयोग सन् १९६० को दशकमा शुरु भएको पाइन्छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार, सन् १९६० को दशकमा नेपालमा विदेशी पर्यटक भित्रन थालेसँगै हिप्पी संस्कृति (छरिएको कपाल, भरिएको गाँजा, लथालिंगे लुगा)को प्रवेश भयो । त्यही हिप्पी संस्कृतिसँगै लागुऔषधको कारोबार र प्रयोग भित्रिएको हो ।

पूर्वडीआईजी मल्ल भन्छन्, ‘त्यो समयमा नेपालमा लागुऔषध सम्बन्धि कानून कडा थिएन, त्यसैको फाइदा उठाउँदै सन् १९७१ को दशकमा आइपुग्दा नेपालमा लागुऔषधले भयावह रुप लियो । यसले नेपाली संस्कृतिमाथि प्रहार गर्‍यो ।’ कानूनको अभावमा खुलेआम रुपमा लागुऔषधको प्रयोग र कारोबार हुँदा नेपालमा यसको कारोबार झाँगिएको हो ।

कति छन् लागुऔषध प्रयोगकर्ता
केन्द्रीय तथ्याङ्क विभागले २०६३ सालमा गरेको अनुसन्धान अनुसार नेपालमा ४६ हजारभन्दा व्यक्ति लागुऔषध प्रयोग गर्थे । २०६९ सालमा आइपुग्दा लागुऔषध प्रयोगकर्ताको संख्या बढेर ९१ हजार १ सय ५० पुग्यो ।

विभागले निकालेको तथ्यांकमा यो संख्या प्रतिवर्ष ११ दशमलव ६ प्रतिशतले वृद्धि हुने उल्लेख थियो । २०६९ सालको तथ्यांकमा कुल ९१ हजार ५ सय ३४ मध्ये पुरुष ८५ हजार २ सय चार जना (९३.१ प्रतिशत) र महिला ६ हजार ३ सय ३० (६.९ प्रतिशत) थिए ।

प्रतिवर्ष ११.६ प्रतिशतले वृद्धि हुँदा पछिलो ६ वर्षको २०७५ सम्मलाई आधार मान्ने हो भने १० हजार ६ सय १७ जनाको दरले बढेको देखिन्छ । २०६९ यताको पाँच वर्षलाई आधार मान्दा प्रतिवर्ष ११.६ प्रतिशतको वृद्धि जोड्दा ६३ हजार ७ सय १० जना बढेको देखिन्छ । २०६९ मा थपिएको संख्या जोड्दा २०७५ सम्ममा नेपालमा डेढ लाखको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेको अनुमान गर्न सकिन्छ ।

यता नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार, नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत आँकलन गरिएको छ । नेपालमा लागुऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षणअनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४२४ पुगेको आँकलन छ जुन कुल जनसंख्याको झण्डै ०.४८ प्रतिशत हो ।

यो पनि पढ्नुहोस्

लागुऔषधको कुलत: हरेक वर्ष थपिन्छन् साढे १० हजार नयाँ दुर्व्यसनी 

यस्ता प्रयोगकर्तामध्ये १८ देखि २५ वर्ष उमेर समुहका युवापुस्ताको संख्या झन्डै ८० प्रतिशत छ । पुरुषको संख्या बढी भए पनि महिला पनि लागुऔषधको कुलतमा फसेका छन् । दुई वर्षअघिको तथ्यांकमा महिला दुर्व्यसनीको संख्या ६ हजार ३ सय ३० थियो । तर, लागुऔषधमा फसेका पुस्तालाई सामान्य जीवनमा फर्काउन सरकारसँग खासै ठूलो कार्यक्रम पनि छैन, बजेट पनि नभएको बताइन्छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार लागुऔषध प्रयोतकर्ता सबैभन्दा बढी युवा देखिएका छन् । त्यसमा पनि कलेज पढ्ने र हुनेखाने परिवारका बढी छन् । प्राविधिक र विज्ञान विषय पढ्नेहरूमा नशालु पदार्थको लत बढी देखिएको प्रहरी अधिकारी बताउँछन् । कठिन कोर्स हुँदा ध्यान केन्द्रित गर्न पनि उनीहरूले लागुऔषधको प्रयोग गर्ने गरेको बयान दिने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

नेपाल प्रहरीले लागुऔषध नियन्त्रण गर्ने भन्दै ब्यूरो नै बनाएर थुप्रै जनशक्ति छुट्याएपनि प्रविधिको अभावमा उपलब्धिमुलक नतिजा निकाल्न सकेको छैन । यतिसम्मकी कुन लागुऔषध हो र कुन होइन भनेर छुट्याउने प्रविधिसमेत प्रहरीसँग छैन । प्रहरी प्रवक्ता कुँवर भन्छन्, ‘अनुमानका भरमा लागुऔषध चिन्नुपर्ने अवस्था छ।’

अनुसन्धान भन्छ, ‘लागुऔषधको प्रयोग बढ्दो छ । यसले हजारौं युवालाई बरवादीको बाटोमा पुर्‍याएको छ । अपराध बढाएको छ । तर, प्रहरीले चलखेल कम गर्न आफूहरू सक्रिय भएको दाबी गरेको छ।’

अनि विज्ञहरू भन्छन्, ‘खुला सीमानाका कारण लागुऔषधको कारोबार बढेको हो। जे भएपनि अहिले लागुऔषध ठुलो समस्याको रुपमा देखिएको भने पक्का हो । यसको प्रकोप रोक्न हरेक क्षेत्रबाट प्रयास हुनु जरुरी छ।’

यो पनि

लागुऔषध उत्पादन गर्न नेपालका किसानलाई भारतीयको लगानी!

प्रहरीको पारदर्शितामा प्रश्न : कहाँ जान्छ प्रहरीले बरामद् गरेको लागुऔषध ?

अन्तर्राष्ट्रिय लागुऔषध कारोवारीको नेपाल कनेक्सन, ५ वर्षमा ७४१ प्रहरीको फन्दामा

लागुऔषधको भयावह रुप, हिप्पीले भित्र्याएको बरबादीको बाटो

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ११ : ४० बजे

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा