गण्डकीमा अस्थायी कार्यविभाजन : चार मन्त्रालयको टुंगो लाग्यो « Khabarhub

गण्डकीमा अस्थायी कार्यविभाजन : चार मन्त्रालयको टुंगो लाग्यो



पोखरा– गण्डकी प्रदेशमा चार मन्त्रालयको टुंगो लगाइएको छ । नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेको दुई हप्तासम्म पनि मन्त्रालयको भागबण्डा टुंगो लगाउन नसकेको भन्दै आलोचना भइरहँदा मन्त्रिपरिषद्को अस्थायी कार्यविभाजन गरी चार मन्त्रालयको टुंगो लगाइएको हो ।

दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन भने अझै केही दिन लाग्ने भएको छ ।

सत्तारुढ गठबन्धनको सहमतिअनुसार प्रदेश सरकारका प्रवक्ता तोकिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मा दिइने भएको छ ।

यसअघि अर्थमन्त्रालय दिने सहमति गरेको जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारी (गुरुङ)लाई स्वास्थ्य तथा जनसंख्या तथा स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

लामो समयदेखि मन्त्रालयको भागबण्डा टुंगो लाग्न नसकेको हुँदा आफूहरु केही लचिलो बनेर सहमति गरेको मन्त्री हरिशरण आचार्यले बताए ।

कार्यविभाजन टुंगिनसकेको भन्दै उनले अहिले गरिएको कार्यविभाजन अस्थायी भएको पनि उल्लेख गरे । चार मन्त्रीको कार्यविभाजन आइतबार तोकिने भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले जेठ २९ गते शपथ लिएका थिए । मुख्यमन्त्रीको शपथसँगै नियुक्त गरिएका अन्य चार मन्त्री विना विभागीय थिए ।

मन्त्रालय भागबण्डाको टुंगो लगाउन नसक्दा मुख्यमन्त्री पोखरेल सरकारका प्रवक्ता खड्कासहित पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका शीर्ष नेताहरुलाई भेट्न काठमाडौँ पुगेका थिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १ : २५ बजे

लोमसबाट उत्पादित सेटोफेन न्यून गुणस्तरको भेटियो, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– औषधी व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिबाट उत्पादित प्यारासिटामोल ट्यावलेट

पहिलो ओभरमै चितवनलाई धक्का, रन खाता नखोली दीपक आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो

माइतीघरमा जेन-जी सहिदको सम्झनामा मौन धारण (तस्बिरहरू)

काठमाडौं– जेन-जी २.0 को आयोजनामा माइतीघरमा सहिदहरूको सम्झनामा मौन धारण

इमरान खानको अवस्थाबारे छोरा कासिमले मागे सरकारसँग प्रमाण

इस्लामाबाद- पाकिस्तानमा तनाव चुलिँदै गएको छ। पूर्वप्रधानमन्त्री इमरान खानका छोरा

नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक

काठमाडौं- भारतीय ब्रान्ड बोटले नेपाली बजारमा विशेष अफरसहित दुई नयाँ