स्थानीय तहको प्राथमिकता : कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार « Khabarhub

स्थानीय तहको प्राथमिकता : कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकका सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाएका छन् । पालिकाहरुले आर्थिक समृद्धिको आधार त्यसैलाई बनाएर आगामी आवकोे योजना तय गरेको पाइएको छ ।

जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाले आव २०७८/७९ को नीति तथा कार्यक्रम अगाडि सार्दै रु ५४ करोड ५९ लाख ३४ हजार रकम बराबरको बजेट प्रस्तुत गरेको छ । पालिकाले योजनामा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाले चालु आवकोे कार्य समीक्षा गर्दै कृषि, पर्यटन, पूर्वाधार निर्माण, गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा गाउँपालिकाभित्र रहेका चार अस्पताल र अन्य स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई अगाडि बढाएको छ ।

रोशी गाउँपालिकाको गाउँसभाबाट आगामी आव २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रु ६३ करोड ४३ लाख ३१ हजारको बजेट सार्वजनिक गरिएको छ । त्यसअन्तर्गत आगामी आवका लागि आन्तरिक आयबाट रु एक करोड २८ लाख ६० हजार, राजश्व बाँडफाँडबाट रु १४ करोड ७४ लाख ९७ हजार, सङ्घीय सरकार समानीकरणबाट रु १० करोड ८७ लाख, ससर्त/विशेष/समपूरक अनुदान रु ३१ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

‘रोशीको दृष्टि, पर्यटन र कृषि’ भन्ने नाराका साथ कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको कामलाई विशेष प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताए ।

धुलिखेल नगरपालिकाले आगामी आव २०७८/७९ का लागि रु एक अर्ब १५ करोड १५ लाखको बजेट प्रस्तुत गरेको छ । कोभिड महामारीको नियन्त्रण तथा व्यवस्थापन र नागरिकको उपचार, स्वरोजगार, आयआर्जन वृद्धि तथा गरिबी न्यूनीकरणलाई बजेटले प्राथमिकता दिएको छ ।

त्यस्तै पनौती नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब ५५ करोड ६९ लाख ६८ हजारको बजेट प्रस्तुत गर्दै कोभिडबाट निधन हुने परिवारका सदस्यका हकमा दुःखसुखमा साथमै रहने उद्धेश्यले संस्कार खर्चबापत रु २५ हजार उपलब्ध गराउने, निरन्तर स्वास्थ्यकर्मीको सम्पर्कमा बिरामीलाई राख्ने, निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र उपचारमा सहुलियत गर्ने, साउन महिनामा रु पाँच हजार ५११ घर परिवारको मासिक रु ८० का दरले एक वर्षको रकम नगरपालिकाले भुक्तानी गरिदिने, विपन्न घरपरिवारको उपचारका लागि नगरपालिकाले ६०० घरपरिवार र सहकारी तथा अन्य सङ्घसंस्थाको समन्वयमा एक हजारभन्दा धेरै घरपरिवारको स्वास्थ्य बीमा गराइने र नगरभित्र रहेका न्यूनतम रु ८० महिनामा बिजुलीको रकम बुझाउने परिवारको एक वर्षको रकम तिरिदिने घोषणा गरेको छ ।

तेमाल गाउँपालिकाले भने आर्थिक स्रोतको मुहानका रुपमा बोधिचित्त मालाको व्यवसाय रहेको उल्लेख गर्दै यसको प्रवद्र्धन गर्न र निकासीमा सहजीकरण गर्ने नीतिलाई अगाडि सारेको छ । त्यससँगै तरकारी र फलफूल खेतीमा पनि जोड दिँदै सिँचाइ, फलफूलका बिरुवा वितरण, माटो परीक्षण, पशुपालनमा अनुदान, तालीम, यससम्बन्धी आधारभूत सेवा वडास्तरबाट नै प्रदान गर्ने गरी नीति तथा कार्यक्रमलाई अगाडि सारिएको छ ।

त्यस्तै पर्यटन क्षेत्रको विकासको सम्भावना बोकेको तेमालमा पर्यटन विकास, शैक्षिक सुधार, युवा तथा खेलकूद विकास, स्वास्थ्य सेवा र खानेपानीको योजनालाई प्राथमिकतामा राखिएको छ भने बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी पूर्वाधार विकासमा सडकको स्तरोन्नति गर्ने कामलाई प्राथमिकता दिइएको छ । त्यसका लागि ‘पूर्वाधार र स्वास्थ्यमा अग्रगामी, समृद्ध तेमालको चिनारी’ भन्ने उद्देश्यलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ३ : ४० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न