तीज गीतमा चन्द्राको ‘तम्रा मायाले’ « Khabarhub

तीज गीतमा चन्द्राको ‘तम्रा मायाले’


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली हिन्दु नारीको चाड तीज नजिकिँदै गर्दा तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक हुन थालेका छन् । यही क्रममा गायिका चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मया’ले सार्वजनिक भएको छ ।

खप्तडदेखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मीप्रसाद गौतमको शब्द छ । गीतमा गौरव दर्पणको संगीत र सुरथ प्रधानको संगीत संयोजन तथा मित्र लामाको रेकर्डिङ र मिक्सिङ छ । गीत सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जेल कार्की फिचर्ड छन् । रमेश थापा निर्देशित भिडियोमा एउटी युवतीले बाल्यकालदेखि नै आफूले मन पराएको केटालाई नै श्रीमानको रुपमा कल्पना गरी विवाह र तत्पश्चात विभिन्न ठाउँमा घुम्न गएको देखाइएको छ ।

नहकुल खड्काको सम्पादन रहेको भिडियोमा शिव ढकालको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी छ । भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ४ : ५९ बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा