तीज गीतमा चन्द्राको ‘तम्रा मायाले’ « Khabarhub

तीज गीतमा चन्द्राको ‘तम्रा मायाले’


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली हिन्दु नारीको चाड तीज नजिकिँदै गर्दा तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक हुन थालेका छन् । यही क्रममा गायिका चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मया’ले सार्वजनिक भएको छ ।

खप्तडदेखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मीप्रसाद गौतमको शब्द छ । गीतमा गौरव दर्पणको संगीत र सुरथ प्रधानको संगीत संयोजन तथा मित्र लामाको रेकर्डिङ र मिक्सिङ छ । गीत सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जेल कार्की फिचर्ड छन् । रमेश थापा निर्देशित भिडियोमा एउटी युवतीले बाल्यकालदेखि नै आफूले मन पराएको केटालाई नै श्रीमानको रुपमा कल्पना गरी विवाह र तत्पश्चात विभिन्न ठाउँमा घुम्न गएको देखाइएको छ ।

नहकुल खड्काको सम्पादन रहेको भिडियोमा शिव ढकालको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी छ । भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ४ : ५९ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले