युरोकपमा आज राति नकआउट चरणका खेल शुरू हुँदै « Khabarhub

युरोकपमा आज राति नकआउट चरणका खेल शुरू हुँदै


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् ।

नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ । आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन्।

वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राति पौने १० बजे शुरू हुनेछ । दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन् ।

आजै हुने दोस्रो खेलमा राति पौने १ बजे इटली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा दुबै टिम जित निकाल्दै अन्तिम आठमा आफुलाई सुरक्षित गर्न चाहन्छन् ।

इटली विरुद्ध मैदान उत्रन लागेको अष्ट्रिया समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : ३३ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको