कोरोना संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन « Khabarhub

कोरोना संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आउँदो सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको छ । पछिल्ला केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि लकडाउन घोषणा गरिएको बंगलादेश सरकारले जनाएको छ ।

बंगलादेश सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगामी सोमबारबाट शुरु हुने र एक हप्तासम्म हुने बताइएको छ ।

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै लकडाउनको जानकारी दिइएको जनाइएको छ । यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

उनका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औद्योगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् । लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् ।

बंगलादेशमा पछिल्लो २४ घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।

अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ । (रासस/सिन्ह्वा)

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : १५ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।