कोरोना संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन « Khabarhub

कोरोना संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आउँदो सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको छ । पछिल्ला केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि लकडाउन घोषणा गरिएको बंगलादेश सरकारले जनाएको छ ।

बंगलादेश सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगामी सोमबारबाट शुरु हुने र एक हप्तासम्म हुने बताइएको छ ।

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै लकडाउनको जानकारी दिइएको जनाइएको छ । यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

उनका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औद्योगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् । लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् ।

बंगलादेशमा पछिल्लो २४ घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।

अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ । (रासस/सिन्ह्वा)

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : १५ बजे

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ