महामारी नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँड्यो- फाउची « Khabarhub

महामारी नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँड्यो- फाउची


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरस नियन्त्रणका मामिलामा अमेरिका “गलत दिशामा हिँडिरहेको” चेतावनी दिएका छन् ।

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढ्न थालेपछि संक्रामक रोग विशेषज्ञ फाउचीले महामारी नियन्त्रणका लागि लिइएको हालको नीतिलाई पुनर्विचार गर्नुपर्ने समेत बताएका छन् ।

सीएनएनसँगको कुराकानीमा फाउचीले खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिनु पर्ने सुझाएका छन् ।

अमेरिकामा हालसम्म कुल जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको जनाइएको छ । तर कतिपय राज्यमा खोप लगाउने दर कम हुँदा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरणअनुसार अमेरिकामा १३ हजार ८१८ नयाँ संक्रमित थपिएका छन् भने ४९ संक्रमितको मृत्यु भएको छ । हालसम्म अमेरिकामा ३ करोड ५१ लाख ९९ हजार ४६५ जना संक्रमित भएका छन् भने ६ लाख २६ हजार ७६२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : २५ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार